मिथिला माध्यमिकी परिक्रमामा सहभागी एक महिलाको मृत्यु

१५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी एक यात्रीको मृत्यु भएको छ । परिक्रमाको पाँचौं दिन सोमबार जलेश्वरमा बेहोस भएर एक महिलाको मृत्यु भएको हो । 

सोमबार बिहान करिब साढे ९ बजे माध्यमिकी परिक्रमामा सहभागी भारतको बिहार राज्यस्थित मधुवनी जिल्लाको भाइसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी ५० वर्षीया पत्नी प्रमिला देवी साहको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । 

जलेश्वर नगरपालिका–२ साउजीपट्टी परिक्रमास्थल नजिक नुहाउने क्रममा रिँगटा लागेर बेहोस हुँदा उनलाई उपचारका लागि शान्ति कमिटी अस्पताल लगिएको थियो । 

उनको उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मृतक साहको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १२:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया