आइसिसी महिला विश्वकप : आयोजक न्युजिल्यान्ड विजयी

आइसिसी महिला एक दिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा आयोजक न्युजिल्यान्ड विजयी भएको छ । न्युजिल्यान्डले बंगलादेशलाई ९ विकेटले पराजित गरेको हो । 

वर्षाका कारण २७ ओभरमा झारिएको खेलमा न्युजिल्यान्डले १४१ रनको लक्ष्य २० ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍याे । 

न्युजिल्यान्डलाई जित दिलाउन सुजी बेट्स अविजित ७९ रनको योगदान दिइन् । ७८ बलको सामना गरेकी उनले ८ चौका प्रहार गरिन् । 

अमेलिया केर ४७ रनमा अविजित रहदा कप्तान सोफी डेभिनले १४ रन बनाइन् । 

बंगलादेशका लागि एकमात्र विकेट सलमा खातुनले लिईन् ।

यसअघि डुनेडिनस्थित युनभरसिटी ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २७ ओभरमा ८ विकेट गुमाएर १४० रन जोडेको थियो ।



बंगलादेशका लागि फरगना हजले सर्वाधिक ५२ रन बनाइन् । ६३ बलको सामना गरेकी उनले १ चौका प्रहार गरिन् । शमिमा सुल्तान ३३  रन जोडिन् । 

न्युजिल्यान्डका लागि एमी साटरथ्वेटले सर्वाधिक ३ तथा हेली जेनसेन र फ्रान्सेस म्याकीले एक-एक विकेट लिँदा ३ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



यो जितसँगै प्रतियोगितामा पहिलो जित निकालेको न्युजिल्यान्डले २ खेलमा २ अंक जोडेको छ । उ पहिलो खेलमा वेस्ट इन्डिजसँग ३ रनले पारजित भएको थियो ।

लगातार दोस्रो खेलमा पराजित बंगलादेश अंकविहिन छ । उसले पहिलो खेलमा दक्षिण अफ्रिकासँग ३२ रनको हार बेहोरेको थियो ।  

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १३:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया