युक्रेन राजधानी किभलगायत शहरमा युद्धविराम गर्ने रुसको घोषणा

सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जानका लागि सहज बनाउन रुसले राजधानी किभ र युक्रेनका अन्य शहरमा युद्धविराम घोषणा गरेको छ । रुसले किभ, खारकिभ, मारिओपोल र सुमी शहरमा युद्धविराम घोषणा गरेको हो । 

मारिओपोलमा सरकारले गरेका युद्धविरामका प्रयास बिफल भएको र युक्रेनी सेनाले राजधानीमा निरन्तर गोलाबारी गरेको विवरण सार्वजनिक भइरहेका बेला रुसी सेनाले युद्धविराम घोषणा गरेको हो ।  

जसअनुसार रुसले हमला रोक्ने र सोमबारदेखि राजधानी किभ र अन्य तीन शहरहरूमा मानवीय कोरिडर खुला गर्ने भएको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।  
 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १३:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया