क्यान र सन्बीबीच सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा हुने एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजको ‘कमर्सियल एन्ड ब्राण्डिङ राइट्स’ सन्बी होल्डिङ्ग्स प्रालिलाई दिएकाे छ।

सिरिजका लागि सन्बी र क्यानबीच सम्झौता भएको हो ।

नेपालले त्रिवि क्रिकेट मैदानमा मार्च २५ र २६ मा पपुआ न्युगिनी (पिएनजी)सँग दुई खेलको एकदिवसिय सिरिज खेल्नेछ । 

त्यस्तै त्रिवि मैदानमै मार्च २८ देखि अप्रिल ४ सम्म नेपाल, पिएनजी र मलेसिया सम्मिलित त्रिकोणत्मक टी–२० सिरिज हुनेछ । 

क्यान र सान्बी होल्डिङ्ग्सबीच भएको सम्झौता अनुसार दुबै सिरिजका लागि कर्मर्सियल, टिकेटिङ र ब्रोडकास्टिङ (नेपाल र विदेश) अधिकार सान्बी होल्डिङ्ग्ससँग रहनेछ ।

क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले पे्रस विज्ञप्ती जारी गरी उक्त सम्झौताबारे जानकारी गराएका हुन् । 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १५:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया