१.५५ अंकले वृद्धि भयाे नेप्से

साताको दोस्रा कारोबारमा नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । 

पछिल्लो दुई सातादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको हाे ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक र फ्लोट इण्डेक्स ०.२५ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको छ । 

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ । 

जसमा बैंकिङ उपसमूहको ६.४०, होटल तथा टुरिजम १४.१८, उत्पादन तथा प्रशोधन ८७.६३, निर्जीबन बीमा ९.८८, अन्य समूहको उपसूचक ३५.५० अंकले बढेको छ । 



यस्तै, माइक्रोफाइनान्स ४.५७, ट्रेडिङ १५.७४, जीवन बीमा १५०.३२, जलविद्युत ३१.९९, वित्त २८.२४, विकास बैंक समूहको उपसूचक २१.४६ अंकले घटेको छ ।

सोमबारको कारोबारमा बुद्धभूमि नेपाल हाइड्रोपावर, बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल कम्पनीको शेयर मूल्य बढेको छ भने पाँचथर पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा गिरावट आएको छ । 



  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १६:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया