झापा गोल्डकपः सातदोबाटो सेमिफाइनलमा

विभागीय टोली एपिएफ फुटबल क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोले सोमबारको खेलमा २–१ को रोमाञ्चक जित हात पारेको हो । सातदोबाटोको जितमा सुशील राई र निरज चौधरीले गोल गर्दा एफिएफका दीपेश धिमालले एक गोल फर्काए ।

खेलको ८२औँ मिनेटमा सुशीलले सातदोबाटोलाई अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा निरजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

थप गरिएको समयमा एपिएफका दीपेशले गोल फर्काए पनि टोलीको हार टार्न भने सकेनन् ।





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १८:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया