नेपाल-भारत क्रिकेट टुर्नामेन्ट : पद्मा र एमसिसी विजयी

लुम्बिनीमा जारी नक आउट इण्डो नेपाल क्रिकेट टुर्नामेन्टमा सोमबारको खेल पद्मा होटेल क्लब र एमसिसी विजयी भएका छन् । 

लुम्बिनी नव युवा क्लबको आ​योजनामा लुम्बिनीको पडरियामा भइरहेको खेलमा पद्मा होटेलले ओजस क्रिकेट क्लबमाथि ४२ रनले र एमसिसी मोनखोरिएले खान धकदै क्रिकेट क्लबमाथि ८ विकेटको जित निकालेको हो । 

टस जितेर ब्याटिङ रोजेको पद्मा होटेलले ११ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । होटेल पद्माको सन्जयले ११ बलमा ३३ रन, लातिफले १७ बलमा २२ रन जोडे । अन्य ओजसका इस्रारले ३३ रन खर्चिएर ३ विकेट लिए । 

१०७ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको ओजसले ८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६४ रन जोड्यो। ओजसको इस्रारले ११ बलमा २४ रन जोडे ।

ओजसलाई सस्तोमा रोक्न पदमाको मुन्ताजले ३ ओभरमा ३२ रन खर्चिएर ३ विकेट हात पारे । खेल को म्यान अफ द म्याच पनि मुन्ताज भए ।

त्यस्तै, अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको खान धकधई क्रिकेट क्लबले ११ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५९ रन जोड्यो । जसका लागि के चौधरीले १२ रन जोड पनि अन्य खेलाडी टिक्न सकेनन् । एमसिसी मोनखोरिएका राजेशले ४, मनोजले ३ र सुकलाले २ विकेट लिए । 



६० रनको लक्ष्य पाएको एमसिसीले २ विकेटको क्षतिमा लक्ष्य भेट्यो । एमसिसीका सदयमले २० बलमा ३१ रन, मजहरले १२ बलमा २२ रन जोडे । खेलको म्यान म्याच राजेश भए ।

नेपालका १६ र भारतका १६ गरी ३२ वटा क्रिकेट टिमले सहभागिता जनाउँदै छन् । दुईदेशीय प्रतियोगितामा चौथो वर्ष हुँदै छ । 



प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

यस्तै, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर लाई समेत पुरस्कृत गरिने अध्यक्ष अहमदले बताए । फाइनलमा नेपाल र भारतको टिम दुवै पुगोस भन्ने उद्देश्यले सोहीअनुसार खेल तालिका बनाइएको क्लबका सचिव इफ्तेखार आलमले बताए ।

  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार २१:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया