रुस–युक्रेन तेस्रो चरणको वार्ता सुरु

रुस र युक्रेनका प्रतिनिधिबीच तेस्रो चरणको वार्ता सुरु भएको छ। दुई चरणको वार्ता असफल भएपछि बेलारुसमा तेस्रो चरणको वार्ता सुरु भएको हो । 

वार्ता सुरु हुनुभन्दा केही मिनेट अघि युक्रेनी प्रतिनिधि मिखाइलो पोडोलेकले रुसलाई नागरिकमाथि आक्रमण गर्न बन्द गर्न अपील गरेका थिए।

सोमबार युक्रेनमा रुसको आक्रमणको १२औँ दिन हो। युद्धग्रस्त युक्रेनबाट हालसम्म १७ लाख मानिस पलायन भएका छन्। 

यसअघि शनिबार युद्धविराम तोडिएपछि मानवीय करिडोर निर्माणको प्रयास असफल भएको थियो। युक्रेनको दक्षिणी र पूर्वी क्षेत्रका सहरी केन्द्रहरूमा रुसको भारी बमबारी जारी छ। 

युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले किभका जनतालाई रुसको सहयोगी बेलारुस र खार्किभका जनताले रुस जानको लागि करिडोर पाउने बताएकी छिन् । 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार २२:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया