सर्वसाधारणको निकास कार्यमा रुसको अवरोध कायमै : युक्रेन

रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही शहरहरूमा अस्थायी युद्धविराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ । 

रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धविराम घोषणा गरेको थियो । तर, ती शहरहरूमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ ।

रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अवरुद्ध भएको युक्रेनले जनाएको छ । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनका विभिन्न शहरहरूमा हमला गरेको छ । रुसी हमलामा ३५२ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । 

त्यस्तै, युद्धकै कारण १५ लाख मानिसले युक्रेन छाडेका छन् । युद्धबीच विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।   





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार ७:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया