इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा टोटेनहम हस्टपरले एभर्टनमाथि ५–० को फराकिलो जित हात पारेको छ ।
टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन ह्यारी केनले २ तथा सन ह्युङ–मिन र सर्जियो रेगुइलोनले १–१ गोल गर्दा १ गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो ।
खेलको १४ औं मिनेटमा माइकल केनको आत्मघाती गोल मार्फत टोटेनहमले अग्रता लिएको थियो । १७ औं मिनेटमा ह्युङ–मिनले टोलीको अग्रता दोब्बर बनाए । ३७ औं मिनेटमा केनले टोटेनहमका लाागि तेस्रो गोल गरे ।
४६ औं मिनेटमा रेगुइलोनले घरेलु टोलीलाई ४–० ले अघि बढाए । ५५ औं मिनेटमा केनले ब्यत्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले ५–० को सानदार जित हात पार्यो ।
जितसँगै २६ खेलमा ४५ अंक जोडेको टोटेनहम सातौं स्थानमा उक्लिँदा पराजित एभर्टन २५ खेलबाट २२ अंकका साथ १७ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।