रुस-युक्रेन युद्धबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा पुगेका छन् । गैर-आवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका हुन् । 

अहिलेसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट विस्थापित भएर विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतर्फ लागेका हुन ।  

उनीहरूमध्ये करिब ४ दर्जन नेपाली गैर–आवासीय नेपाली संघ पोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिए । उनीहरूलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यावहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ । 

यसैबीच, युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित ढंगले पोल्याण्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए । 

युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ ।



उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरूको नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको छ ।   



  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार ७:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया