न्यू डायमण्डले जित्याे दमक कप भलिबलको उपाधि

होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबले उचालेको छ । 

झापा दमकको पसुहाटमा मंगलबार भएको फाइनल खेलमा एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ सेटको रोमाञ्चक जित हात पार्दै न्यू डायमण्ड विजेता भएको हो ।  

पहिलो सेट १९–२५ ले गुमाएको न्यू डायमण्डले निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट आर्मीले २५–२२ ले जित्दा  रोमाञ्चक बनेको चौथो सेट डायमन्डले २६–२४ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटसम्म पुगेको थियो । 

पाँचौं तथा निर्णायक सेटमा डायमण्ड १५–६ को सहज जित निकाल्दै विजेता बन्न सफल भयो । 





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १३:५२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया