युक्रेन-रुस द्वन्द्व : महिला र बालबालिकाको अधिकार हनन भएको भन्दै विरोध प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले युक्रेन माथि रुसले गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरूको व्यापक अधिकार उल्लंघन भएको भन्दै विरोधमा प्रदर्शन गरेको छ ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार रुपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शनमा रुसलाई तत्काल युद्ध रोकी मानवअधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । 

प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी भएको जनाए । 

मंगलबार बिहान आधा घण्टा भएको प्रदर्शनमा शान्ति समाजका सचिव मीना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौँ शान्तिवादीहरुको सहभागिता रहेको थियो ।

यस्तै अन्तर्राष्ट्रिय नारी दिवसका दिन मंगलबार नै शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा ‘रुस युक्रेन युद्ध : महिला र बालबालिका संकटमा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।





  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १६:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया