कार्यसम्पादन मूल्यांकनमा घोराहीभन्दा तुलसीपुर राम्रो, राप्ती पहिलो

दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरभन्दा तुलसीपुर उपमहानगर राम्रो देखिएको छ ।

घोराहीभन्दा ४ अंकले तुलसीपुर बढी देखिएको छ । घोराही उपमहानगरपालिकाले ६० दशमलव ८८ अंक ल्याउँदा तुलसीपुर उपमहानगरपालिकाले ६४ दशमलव ४१ अंक ल्याएको छ । 

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्यांकन प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो ।

राप्तीले ७५ दशमलव ७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्यांकन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बालचन्द्र गुरुङले जानकारी दिए । शान्तिनगर दोस्रोमा रहेको छ । शान्तिनगर गाउँपालिकाले ७० दशमलव ३० अंक प्राप्त गरेको छ । 

प्रतिवेदनमा बंगलाचुली गाउँपालिकाले ५४ दशमलव ३९, घोराही उपमहानगरपालिकाले ६० दशमलव ८८, तुलसीपुर उपमहानगरपालिकाले ६४ दशमलव ४१, बबई गाउँपालिकाले ५८ दशमलव ९८, दगीशरण गाउँपालिकाले ५९ दशमलव ३२, गढवा गाउँपालिकाले ४७ दशमलव ९८ र राजपुर गाउँपालिकाले ४५ दशमलव ५१ अंक पाएको छ ।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४५ दशमलव ५१ अंक पाएको छ । यही मूल्यांकनका आधारमा आयोगले आव २०७९/८० का लागि स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । 



आयोगले कार्यसम्पादन सूचक मूल्यांकनबाट प्राप्त अंक र तथ्यांक सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।



  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार २१:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया