कांग्रेस धनुषा निर्वाचन : कसैले पनि कटाउन सकेनन् ५१ प्रतिशत मत

नेपाली कांग्रेस धनुषाको सभापतिका लागि भएको निर्वाचन दोस्रो चरणमा गएको छ । मंगलबार राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।

पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै शीर्ष स्थानमा रहेका छन् । सभापतिका अर्का प्रतिद्वन्द्वी सन्तोष यादवले ८८३ मत ल्याएका छन् ।

त्यस्तै, दिनेश प्रसैलाले ६३० मत प्राप्त गरेका छन् । १५१ वटा मत भने बदर भएको छ । निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए ।  

अब दोस्रो चरणमा अब पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ ।   





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ६:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया