युक्रेनको दाबी : रुसको आक्रामक कारबाही सुस्त बन्दैछ

युक्रेनले पछिल्लो २४ घण्टामा रुसले आफ्नो आक्रामक कारबाहीको गतिलाई सुस्त बनाएको दाबी गरेको छ । रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाइ आएको हो । 

रुसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ । ‘पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारबाहीको गतिलाई सुस्त बनाएको छ । मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ,’ युक्रेनको सशस्त्र फौजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रुसी सेनाले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसले किभ, सुमी, खारकिभ, मारिओपोललगायतका शहरहरूलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ७:३८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया