नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२३ रुपैयाँ ३६ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६१ रुपैयाँ १० पैसा र बिक्रीदर १६१ रुपैयाँ ८९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९२ पैसा छ । क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ १० पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्रीदर १० रुपैयाँ ६७ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैँया ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ३५ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ४९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नाै रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।