नेता/कार्यकर्तालाई माधव नेपालको निर्देशन : एमसिसीविरुद्ध लेखिएका स्टाटस मेटाउनुहोला

सत्तारुढ दल नेकपा एकीकृत समावजादीका अध्यक्ष माधवकुमार नेपालले अब अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा अनावश्यक टिप्पणी नगर्न निर्देशन दिएका छन् ।

आजदेखि बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अब एमसिसीको विरुद्ध टिप्पणी नगर्न निर्देशन दिएका हुन् । 

एमसिसीको विषयमा पार्टीले निर्णय गरिसकेकाले सबैले मान्नुपर्ने नेपालले बताए । ‘एमसिसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ, पार्टीको निर्णय सबैले मान्नुपर्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘एमसिसीविरुद्धमा लेखिएका स्टाटस मेटाउनुहोला । व्याख्यात्मक घोषणासँगै एमसिसीका विषयमा रहेका अस्पष्टता हटेका छन् ।’ 

साथै, उनले केपी शर्मा ओलीसँग आत्मसमर्पण कि विद्रोह गर्ने भन्ने दुई मात्र विकल्प रहेकाले आफूहरूले  नयाँ पार्टी दर्ता गरेको पनि दोहोर्याए ।

‘हामीले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुग्यो । उनको कब्जामा पुगिसकेको पार्टीमा रहिरहने अवस्था बनेन,’ नेपालले भने, ‘हामीले कि त केपी ओलीको आदेशपालक बन्नुपर्थ्यो कि विद्रोह । त्यसैले हामीले दक्षिणपन्थी अवसरवादी बाटो अस्वीकार गरेको हो ।’  





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १२:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया