कांग्रेस धनुषा : कसलाई सहयोग गर्ने भन्ने विषयमा धारणा बनाउन प्रसैला समूह आन्तरिक छलफलमा

नेपाली कांग्रेस धनुषाको भोलि बिहीबार हुने दोस्रो चरणको निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने विषयमा धारणा बनाउन दिनेश प्रसाद प्रसैला यादव समूहको पदाधिकारी बैठक बसिरहेको छ । 

निर्वाचनको मतपरिणामअनुसार दिनेश प्रसाद प्रसैला यादव चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । 

चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले आफ्नो समूहको पहिलो चरणको आन्तरिक बैठक सम्पन्न भए पनि कुनै निर्णय नभएको र अर्को चरणको बैठक दिउँसो ३ बजे पुनः बस्ने जानकारी दिए । 

यता, स्रोतका अनुसार दिनेश प्रसैलाले संतोष यादवलाई समर्थन गर्ने निर्णय गरेका छन् । उनले कांग्रेस धनुषाको क्षेत्रीय प्रतिनिधि, वडा सभापतिलगायत नेता कार्यकर्ताको भावना अनुसार यादवलाई समर्थन गर्ने निर्णय गरेका हुन् । 

यद्यपि यससम्बन्धमा भने औपचारिक निर्णय दिउँसो ३ बजे बस्ने अर्को बैठकबाट गरिने भएको छ । 

सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार पुनः निर्वाचन हुन लागेको हाे।  



पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार अग्रस्थानमा रहेका छन् । 

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए । उक्त मतमध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका छन् भने सभापतिका अर्का प्रतिद्वन्दी संतोष यादवले ८८२ मत ल्याएका छन् । त्यस्तै, दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका छन् । 



धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो ।
 
चुनावी प्रतिस्पर्धामा दिनेश प्रसैला बाहिरिएकोमा अब योगेन्द्र पजियार र संतोष यादवबीच प्रतिस्पर्धा हुनेछ ।

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १२:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया