एमसिसीका भ्रमलाई चिर्छौँ, फरक मतलाई सम्पत्ति बनाउँछौं - गंगालाल तुलाधर

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसिसीका विषयमा जनता र कार्यकर्तामा रहेका भ्रमलाई चिर्ने प्रयत्न गर्ने भएको छ । 

आजबाट सुरु पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा त्यसबारे भ्रम चिर्ने गरी प्रयत्न हुने पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताए । 

‘एमसिसी कस्तो अवस्थामा आयो ? कसरी गिजोलियो ? कसरी मुछियौँ ? हामी कसरी जिम्मेवार हुन पुग्यौं । व्याख्यात्मक घोषणासहित पास गर्नेमा कसरी पुग्यौं भन्नेबारे चर्चा गर्छौं’ उनले अघि भने, ‘हाम्रो पार्टी पंक्ति र हिजो जनतामा  पनि एक खालको भ्रम छ । त्यो भ्रमलाई चिर्ने प्रयत्न गर्छौं ।’

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने भएको छ । आज दिनभर समूह छलफल हुने उनले बताए । भोलि बिहान ११ बजेदेखि बैठक सुरु हुने र समूहमा उठेका लिपिबद्ध गरेर समूह नेताले प्रस्तुत गर्ने जनाइएको छ ।

उनले पार्टीभित्र आएका फरक मतलाई सम्पत्तिका रूपमा लिने बताए । ‘एकढिक्का नभई सुखै छैन । पार्टीभित्र मतमतान्तर हुने गर्छन् । त्यसमा पनि कम्युनिस्ट पार्टी । कम्युनिस्ट पार्टीमा आफ्ना कुरा राख्न पाइन्छ । त्यस्ता सबै विचारहरूलाई प्रस्तुत गरिसकेपछि पार्टीको विचार बन्न पनि नबन्न पनि सक्छ । एमसिसीको विषयमा आएका फरक मतलाई सम्पत्तिको रुपमा लिन्छौं,’ उनले भने ।





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १४:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया