पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ ।

विपक्षी दलले मंगलबार प्रधानमन्त्री खानविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

पाकिस्तान पीपल्स पार्टी, जेयूआई र मुस्लिम लिग-एनलगायतले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै संसद अधिवेशन आह्वान गर्न माग गरेका छन ।

अविश्वास प्रस्तावका लागि आवश्यक १७२ भन्दा बढी सदस्यको समर्थन रहेको दाबी गरिएको छ । 

विपक्षी दलका नेता शहबाज शरीफसहित आसिफ अली जरदारी र मौलाना फजलुर्रहमानले इस्लामावादमा संयुक्त पत्रकार सम्मेलन गरेर १७२ सांसदको समर्थनमा खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको बताए । 

विपक्षी दलहरूको साझा बैठकले खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १४:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया