नेता सिंहको प्रश्‍न - एमसिसी राष्ट्रघाती भएको भए संसदबाट पारित हुन्थ्यो ?
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताएका छन् ।
    
काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उनले एमसिसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसिसीको वकालत गरेको बताए ।

'एमसिसी मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर कांग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो', उनले भने । उनले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताए ।

नेता सिंहले केही दलले एमसिसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाए । 'के एमसिसी राष्ट्रघाती भएको भए संसदबाट पारित हुन्थ्यो त ?', उनले प्रश्न गरे । एमसिसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा कांग्रेसको काँधमा आएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १५:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया