विभाजित कम्युनिस्ट पार्टी हरियो देख्दा पनि तर्सिन्छ : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन् । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए । 

पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्न जान्छ । पार्टी पंक्तिलाई निर्वाचन आचारसंहिता पालना गर्न उत्प्रेरित गर्न जान्छ । जनताको कुराको सुन्न जान्छ ।’ 

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गरेका थिए । यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिले एउटा उखान चलेको छ । विभाजित कम्युनिस्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे ।’ 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १६:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया