लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त रहेका नौजना पदाधिकारी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उनीहरुको नियुक्ति गरेका हुन् ।
विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।
कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल र रामनरेश कोहार नियुक्त भएका छन् । यसैगरी, परिषद् सदस्यहरूमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव र गोपीकृष्ण शर्मालाई नियुक्त गरिएको छ । नवनियुक्त पदाधिकारीहरूलाई बुधबार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरे ।
मन्त्री आलेले उनीहरुलाई र्निधक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिए । बुद्ध जयन्ती भव्य र सभ्य रूपमा सफल पार्नका लागि पनि मन्त्री आलेले सबै पदाधिकारी र कर्मचारीलाई निर्देशन दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।