तनहुँमा जिप दुर्घटना, ६ जना घाइते

पोखराबाट स्याङजातर्फ जाँदै गरेको जिप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 

बुधबार साँझ शुक्लागण्डकी नगरपालिका–७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जिप दुर्घटनामा परेको हो । प्रहरीले अनियन्त्रित भएर जिप दुर्घटना भएको जनाएको छ ।

घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङ्जा​को चापाकोटकी इन्द्रकुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्यामबहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार २१:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया