सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु

दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेविड बेनेटको मृत्यु भएको छ। 

मुटु प्रत्यारोपण गरेको दुई महिनापछि बेनेटको मृत्यु भएको हो। सुँगुरको मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति बनेका थिए।

मुटुरोगबाट पीडित उनलाई दुई महिनाअघि अमेरिकामा आनुवंशिक रुपान्तरण गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो।

५७ वर्षीय बेनेटको स्वास्थ्य बिग्रिँदै गएर ८ मार्चमा बाल्टिमोरमा उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्। 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार २२:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया