पिएसजीलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, बेन्जिमाको ह्याट्रिक

च्याम्पियन्स लिगको अन्तिम–१६ को दोस्रो लेगमा जित हात पार्दै स्पेनिस क्लब रियल मड्रिड क्वार्टरफानइनलमा प्रवेश गरेको छ ।

रियलले आज बिहान सम्पन्न खेलमा १ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ तथा समग्रमा ३–२ ले हराउँदै अन्तिम–८ को यात्रा तय गरेको हो । 

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई जिताउन कप्तान करिम बेन्जिमाले ह्याट्रिक पूरा गरे । पिएसजीका लागि केलियन एमबाप्पेले मात्र एक गोल फर्काउन सके । 

खेलको ३४ औं मिनेटमा एमबाप्पेले गोल गरे पनि अफसाइड ठहरिँदा त्यसले मान्यता पाएन । ३९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६१ औं मिनेटमा बेन्जिमाले खेललाई १–१ को बराबरीमा ल्याए । ७६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ ले अघि बढाए । 

७८ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै टोलीलाई ३–१ को सहज जित दिलाए । पहिलो लेगमा पिएसजी १–० ले विजयी भएको थियो ।  






  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ६:४१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया