आजको मौसम : अपरान्हपछि केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसकै प्रभावका कारण आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली छ । अन्य क्षेत्रमा भने मौसम सफा  छ ।

दिउँसो पहाडी भू-भागमा अपरान्हपछि एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ७:३५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया