प्रेस चौतारीको महाधिवेशन शुक्रबारदेखि

प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदैछ । शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । 

दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएकाे छ । 

शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेकाे छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएकाे छ ।

२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेकाे हाे । 

महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागिता रहने आयोजकको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ९:१७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया