संखुवासभा दुर्घटना अपडेट : मृत्यु हुनेकाे संख्या १४ पुग्याे

संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ ।

संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी-६ को सातघुम्तीमा दुर्घटना भएकाे हाे ।

हालसम्म १३ जनाकाे शव निकालिएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकहरूकाे पहिचान खुल्न सकेकाे छैन ।

पाँच जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएकाे छ । उद्धारकार्य भइरहेकाे डिएसपीले सुवेदीले बताए । 

बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटना केकति कारणले भएकाे हाे, खुल्न सकेकाे छैन ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १०:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया