आजको विदेशी मुद्राको विनिमयदर यस्ताे

नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अधिकतम १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा ताेकिएकाे छ ।

युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा छ । युके पाउन्ड स्ट्रलिश्र एकको खरिददर १६० रुपैयाँ ९३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९  रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ  दुई पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ९५ रुपैयाँ ७८ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैँया ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।



मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ १९ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नाै रुपैयाँ ९२ पैसा र बिक्रीदर नाै रुपैयाँ ९७ पैसा कायम भएको छ ।



  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १०:५३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया