त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयाे, अब छुट्टै लाइन बस्न नपर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क बुधवारदेखि हटाइएको हो । 

श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दुख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिएका हुन् ।

श्रम डेस्क हटाउनका लागि मन्त्री श्रेष्ठसहितका अधिकारीहरू विमानस्थल पुगेका थिए ।

मन्त्री श्रेष्ठले श्रमिकहरू श्रम डेस्कमार्फत् जाँदा प्रक्रिया झन्झटिलो भएका कारण डेस्क हटाउनुपरेको बताए ।

अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ । 



विमानस्थल प्रवेश गर्ने श्रमिकहरूले अब ३ वटै प्रवेशद्वारबाट प्रवेश गर्न पाउने भएका छन् ।



  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १२:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया