देशभर ९३२८ को परीक्षण गर्दा ११२ जनामा कोरोना पुष्टि
फाइल तस्वीर

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ११२ जनमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।

त्यस्तै आज देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १५:४८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया