संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालकसहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । 

मादीबाट झापातर्फ जाँदै गरेको बा‍४ख ७३५ नम्बरको बस बिहीबार बिहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मादी नगरपालिका–६ बस्ने ३० वर्षीया सीता विक, ३२ वर्षीया अञ्जना कटुवाल, ५ वर्षीया दीक्षा कटवाल, सोही नगरपालिका–५ बस्ने बसका सहचालक उमेश भट्टराई, ४९ वर्षीय भवानीप्रसाद दाहाल, ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी छन् । 

मादी नगरपालिका–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, आइतबहादुर तामाङ, बसका चालक तेह्रथुम फाक्चामारा बस्ने ३१ वर्षीय विपिन निरौला, ताप्लेजुङ घर भएका ३१ वर्षीया समीक्षा योञ्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मादी नगरपालिका– ५ बस्ने २७ वर्षीया युका पोखरेलको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर हुँदै घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी दुर्घटनास्थमा पुगेको थियो ।



प्रहरीले घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धरान घोपा पठाएको थियो । उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो । 



  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १८:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया