स्थानीय तहको निर्वाचनका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका ८० राजनीतिक दलको जाँचबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै ८० राजनीतिक दलको जाँझबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका हुन् । मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम, २०७८ अन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ ।
यस्तै, स्थानीय तह निर्वाचनका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि १० प्याकेजमा प्रकाशित बोलपत्रको सूचनाबमोजिम पर्न आएका बोलपत्रमध्ये सबैभन्दा न्यूनतम मूल्यांकन भएको बोलपत्र आयोगको फागुन २२ को निर्णय बमोजिम स्वीकृत भई सम्झौताको प्रक्रिया अगाडि बढेको आयोगको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावली हाल अध्ययनको क्रममा रहेको समेत आयोगले जनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।