कीर्तिमान जितसँगै उत्तर प्रदेशको बागडोर फेरि योगी आदित्यनाथको हातमा आउने भएको छ । आदित्यनाथले पुन: मुख्यमन्त्रीको शपथ लिनासाथ उत्तर प्रदेश विधान सभाका धेरै रेकर्डहरू तोडिने छन् ।
पहिलो र सबैभन्दा महत्त्वपूर्ण कीर्तिमान त आदित्यनाथको नाममा हुनेछ, जो लगातार दुई कार्यकाल मुख्यमन्त्री बन्ने छन् । यसअघि यूपीमा चन्द्रभानु गुप्ता र एनडी तिवारी लगातार दुई कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए, तर उनीहरूले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् ।
उत्तर प्रदेश विधान सभा २० मई १९५० मा गठन भएको थियो । ७१ वर्षमा प्रदेशले २१ मुख्यमन्त्री पाएको छ । अहिलेसम्म कुनै पनि विधान सभा चुनावमा दुई कार्यकालका लागि कसैले पनि निर्वाचन जितेका छैन । अर्थात् आदित्यनाथ भारतीय जनता पार्टीका लागि भाग्यशाली साबित भएका छन् ।
यूपीमा जितपछि योगीले के भने ?
उत्तर प्रदेश विधानसभामा आदित्यनाथको नेतृत्वमा भाजपाले बलियो बहुमतका साथ फेरि सरकार बनाउने भएको छ । जित सुनिश्चित भएपछि मुख्यमन्त्री योगी आदित्यनाथ मिडियालाई सम्बोधन गरेका थिए ।
जनतालाई धन्यवाद दिँदै आदित्यनाथले भने, ‘प्रधानमन्त्री मोदीको नेतृत्वमा भाजपाले उत्तर प्रदेश, उत्तराखण्ड र मणिपुरमा प्रचण्ड बहुमतको सरकार बनाउन लागेको छ । सम्माननीय प्रधानमन्त्री, राष्ट्रिय अध्यक्ष, गृहमन्त्री तथा रक्षामन्त्रीज्युलाई अभिनन्दन गर्छु ।'
योगीले थपे, ‘देश र विश्वको नजर उत्तर प्रदेशमा थियो । उत्तर प्रदेशमा प्रचण्ड बहुमतका लागि जनतालाई हार्दिक बधाई र कृतज्ञता व्यक्त गर्छु । कार्यकर्ताको मिहिनेतले आज भारतीय जनता पार्टीले सरकार बनाउने अवसर पाएको छ । मतगणनालाई लिएर भ्रामक प्रचार भइरहेको थियो तर उत्तर प्रदेशका जनताले भारतीय जनता पार्टीलाई विजयी बनाएका छन् ।'
विजयपछि सञ्चारमाध्यम र आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै योगी आदित्यनाथले उत्तर प्रदेशमा भाजपाको प्रचण्ड बहुमत राष्ट्रवाद, विकास र सुशासनको विजय भएको बताए । आदित्यनाथले पाँच वर्षमा उपलब्ध गराएको सुरक्षित वातावरण र प्रधानमन्त्रीको निर्देशनमा भएका विकासका कामहरूका कारण यो नतिजा आएको बताए ।
योगीको नाममा यी रेकर्ड
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।