सरकारका सबै मन्त्रीले मृत्युपश्चात् अंगदान गर्ने, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

सरकारका सबै मन्त्रीले मृत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्‌को बैठकमा सबै मन्त्रीले यस्तो घोषणा गरेका हुन् । 

मन्त्री खतिवडाले सुरुमा आफूले मृत्युपश्चात् अंगदान घोषणा गरेका थिए । उनले स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए।मन्त्रीहरुलाई साथ दिँदै मुख्यसचिव शंकरदास बैरागीले पनि अंगदानको घोषणा गरेका छन् । 

यस्तै मन्त्रिपरिषद् बैठकले ५० वर्षभन्दा माथि उमेर समूहका नागरिकको मिर्गौला, कलेजो, मुटलगायत अन्य रोगसम्बन्धी परीक्षण वर्षको एकपटक निःशुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ। 

जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाईसमेत सरकारले स्वीकृत गरेको छ। अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ।






  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार २०:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया