देशको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल खोल्ने सरकारको तयारी

सरकारले ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकमा ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल स्थापना गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्ताव मन्त्रिपरिषद् स्वीकृत गरेको हो । अस्पताल कहाँ खोल्ने भन्ने विषयमा अब छिट्टै प्रक्रिया थालिने मन्त्री खतिवडाले बताए ।

‘चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, धादिङ, कहाँ स्थापना गर्ने हो, देशको मध्य मागमा स्थापना हुनेछ, अब चाँडै जग्गा खोज्ने प्रक्रिया अघि बढ्छ,’ खतिवडाले भने ।  

साथै, बैठकले ५० वर्षमाथिका सबै नागरिकलाई वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय पनि गरेको छ । मन्त्री खतिवडाले भने, ‘रोगको पहिचानका लागि पनि उमेर समूहका हिसाबले वर्षमा त्यस्ता नागरिकको एक पटक स्वास्थ्य परीक्षण गर्न आवश्यक छ, रोग पहिचान भएपछि उपचार गर्न सजिलो होस् भन्ने सरकारको चाहना हो ।’  






  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार ८:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया