कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान जारी

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि आज दोस्रो चरणको मतदान जारी रहेको छ । दोस्रो चरणको मतदान आज बिहान ११ बजेदेखि सुरु भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।

यसअघि पहिलो चरणमा तीनमध्ये कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान बिहीबारको लागि तोकिएको थियो । तर, बिहीबार निर्वाचन हुन नसक्दा उम्मेदवारहरूको सहमति र सहकार्यको निर्णयअनुसार शुक्रबारको लागि सारिएको थियो । 

दोस्रो चरणको मतदानमा डा. शेखर कोइराला समूहका उम्मेदवार दिनेशप्रसाद प्रसैला यादवले विमलेन्द्र निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका छन् ।

पहिलो चरणको मतदानमा २ हजार ९१२ मत खसेकोमा निधि समूहका उम्मेदवार योगेन्द्र पजियारले १ हजार २४८ मत ल्याएका थिए भने संस्थापन पक्षका सभापतिको उम्मेदवार सन्तोष यादवले ८८२ र कोइराला समूहका उम्मेदवार दिनेश प्रसैलाले ६३० मत प्राप्त गरेका थिए । त्यस्तै, १५१ मत बदर भएको थियो । 





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १२:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया