व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह : एमसिसीको टेण्डर आह्वान हुँदैछ, तपाईँहरू हाल्नुस् र पार्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारबिना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्माण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् । 

निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँदै उनले केही ऐनहरू संशोधन गरिएको जानकारी दिए । एमसिसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।

‘एमसिसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाईँहरू हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरू देशका पनि आउँछन्, चीनका पनि आउन सक्छन् । तर, तपाईँहरू टेण्डर हाल्नुहोस् र पानुहोस् ।’ 





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १३:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया