आइसिसी महिला विश्वकप : दक्षिण अफ्रिकाको रोमाञ्चक जित
फरकधार / २७ फागुन, २०७८
फाइल तस्वीर

आइसिसी महिला एक दिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा दक्षिण अफ्रिकाले पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो । 



२२४ रनको लक्ष्य पछ्याएको पाकिस्तान १ बल बाँकी छँदा सबै विकेट गुमाउँदै २१७ रनमा समेटियो । 

पाकिस्तानका लागि कप्तान बिस्माह मारुफ र निदा डारले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।



१०४ बलको सामना गरेकी मारुफले ७ चौकासहित ६५ रन बनाइन् । ५५ रन बनाएकी डारले ७२ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । नहिदा खानले ४० रन बनाइन् ।



दक्षिण अफ्रिकाका लागि शवनिम स्माइलले ३, मरिजेन काप अयाबोंगा खाकाले २–२ तथा मसाबता क्लाले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यसअघि न्युजिल्यान्डको माउन्ट मेउन्गानुइस्थित बे ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि लौरा वोल्भार्डले सर्वाधिक ७२ रनको योगदान दिइन् । ९१ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन् । 

कप्तान सुने लुसले १०२ बलको सामना गर्दै २ चौका र १ छक्कासहित ६२ रन बनाइन् । क्लो ट्राइयोन र त्रिशा चोट्टीले समान ३१–३१ रन जोडे । 

पाकिस्तानका लागि फातिमा साना र गुलाम फातिमाले ३–३ तथा डायना बेग र नशरा सन्धुले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा ४ अंक जोड्दा लगातार तेस्रो पराजय बेहोरेको पाकिस्तान अंकविहीन छ ।

  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १५:२१:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया