बागमती प्रदेश खेलकुद आजबाट

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा आज विशेष कार्यक्रमकाबीच १५ दिने  प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ।

बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कराते, तेक्वान्दो, ब्याडमिन्टन, क्रिकेट र बक्सिङका १ हजार ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल र थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टका खेल २९ फागुन देखि हुनेछन् ।

३० फागुनदेखि चितवनको माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेल संचालन हुनेछन् ।

हेटौंडाको भुटनदेवी स्कुलमा ५ चैतदेखि तेक्वान्दो हुनेछ ।



काठमाडौंकाे दशरथ रंगशालामा ६ चैतदेखि एथलेटिक्स तथा सिन्धुपाल्चोकमा ७ चैतदेखि कराते हुनेछ ।

काभ्रेको धुलिखेल फुटबल मैदानमा समापनसहित दुई खेलको आयोजना हुनेछ । त्यहाँ महिला फुटबल ७ चैत तथा बक्सिङ ९ चैत देखि संचालन हुँदा १२ चैतमा समापन हुनेछ ।



प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमा पनि गरिएको छ ।

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार ८:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया