कर्मचारीहरू नागरिकप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कर्मचारीहरू सेवाग्राहीप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएकी छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको पाँचौं अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताले तिरेकाे राजस्वबाट पालिएका सबैजना जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जाेड दिएकी हुन् ।

सार्वजनिक प्रशासकले आफू जनताको मालिक नभई सेवक हो भन्ने भावनाले काम गर्नु पर्नेमा जोड दिँदै उनले काम गर्दा आइपर्ने नीतिगत, कानुनी र व्यवहारिक समस्या समाधान गर्न मन्त्रालय र आफू तयार रहेको बता‍इन्।

मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका नापी, मालपोत जस्ता कार्यालयहरू प्रत्यक्ष रूपमा नागरिकसँग जोडिएकाले यसबाट हुने कामहरू पारदर्शी बनाएर यसअघि बनेको नकारात्मक छवि हटाउने गरी काम गर्न सम्बद्ध सवै पक्ष एक भएर लाग्न आवश्यक रहेको औल्याइन् ।

मन्त्री श्रेष्ठले अहिलेको सरकारले वास्तविक भूमिहीनहरूलाई लालपूर्जा वितरण गर्ने र जमिन दिने कुरालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै टिमबद्ध भएर काम गर्दा समयमा नै काम गर्न सकिने भएकाले यसतर्फ लाग्न कर्मचारीहरूलाई आग्रह समेत गरिन्।
 





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार ९:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया