विश्व कम्युनिष्ट आन्दोलनका चर्चित नेता चे ग्वेभारालाई गाेली हान्ने बाेलिभियाका सैनिक मारिनाे तेरानकाे मृत्यु भएकाे छ ।
तेरानकाे बिहीबार ८० वर्षकाे उमेरमा मृत्यु भएकाे हाे ।
उनले सन् १९६७ काे अक्टाेबर ९ मा ग्वेभारालाई गाेली हानेका थिए । त्यतिबेला ग्वेभारा जम्मा ३९ वर्षका थिए ।
अर्जेन्टिनाको रोसारियोमा सन् १९२८ जुन १४ मा जन्मिएका ग्वेभाराकाे क्युबाली क्रान्तिमा ठूलाे याेगदान थियाे । क्युबापछि उनी बाेलिभियामा पनि क्रान्ति गर्न गएका थिए ।
उनी नेता मात्र नभई एक असल डाक्टर, लेखक, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए ।
ग्वेभारा छाेटाे समयमै क्रान्ति आइकनकाे पहिचान बनाउन सफल नेता हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।