रियल र एम्बाप्पे सम्झौता नजिक

फ्रेन्च युवा स्टार केलियन एम्बाप्पेलाई स्पेनिस महारथी रियल मड्रिडले भित्र्याउने प्रयास गरेको लामो समय भइसकेको छ । उनी रियल आउँछन् वा आउँदैनन् भन्ने अन्योल थियो । तर यसकाे अन्याेलता चाँडै नै अन्त्य हुने भएको छ । 

स्पेनिस खेल पत्रिका मार्कालाई आधार मान्ने हो भने सबै कुरा अपेक्षा अनुसार भएमा अर्को सातासम्ममा रियलले यी फरवार्डलाई अनुबन्ध गर्नेछ ।

लामो समयदेखि रियल एम्बाप्पेलाई आफ्नो बनाउन चाहन्थ्यो ।

गएको सिजन रियलले एम्बाप्पे भित्र्याउने हर सम्भव प्रयास गरेको थियो, तर सफल हुन सकेन । विशेषतः पेरिस सेन्ट जर्मेन (पिएसजी)का मालिक नासिर अल-खेलाफी रियलको यो सपनामा तगारो बनेका थिए । 

तर, अब त एम्बाप्पेलाई रोक्ने अवसर उनको हात पनि रहेन । अहिले रियल र एम्बाप्पेका प्रतिनिधिबीच गम्भीर छलफल चलिरहेको छ ।

३० जुन मा एम्बाप्पे र पिएसजीबीचको सम्झौता सकिनेछ र उनी रियलका लागि सजिलै उपलब्ध हुन सक्छन् । 



युइएफए च्याम्पियन्स लिगको अन्तिम-१६ मा रियल र पिएसजी नै भिडेका थिए । जसमा रियल विजयी भयो । यही खेलपछि अनुबन्ध प्रक्रिया तीब्र गतीमा अगाडि बढेको हो, जसले अब चाँडै आकार पाउने छ ।



  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार ११:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया