प्रधानमन्त्री कप महिला भलिबललाई सेन्ट्रल प्लाजाको साथ

पाँच तारे होटल सेन्ट्रल प्लाजाले आगामी चैतमा आयोजना हुने प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई हस्पिटालिटी पार्टनरको रूपमा साथ दिने भएको छ । 

सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतावापत प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी तथा अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजाले गर्नेछ । 

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १४ सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगिता विगतका वर्षहरूमा भन्दा यसपटक कोराना महामारीका कारण केही समय ढिला हुन गएको हो । 





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १२:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया