भारतीय महिला क्रिकेट टोलीकी कप्तान मिथाली राज आइसीसी महिला विश्वकपमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी बनेकी छन् ।
मिथालीले अस्ट्रेलियाकी ब्याटर बेलिन्डा कलार्कलाई पछि पार्दै यो कीर्तिमान कायम गरिन् ।
न्युजिल्यान्डमा जारी आइसिसी महिला एक दिवसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्धको खेल मिथालीले कप्तानी गरेको २४ औं हो । बेलिन्डाले २३ खेलमा कप्तानी गरेकी थिइन् ।
यस्तै, मिथाली ६ वटा विश्वकप खेल्ने पहिलो महिला तथा समग्रमा तेस्रो क्रिकेटर पनि हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।