आइसिसी महिला विश्वकप : भारतको सहज जित, वेस्ट इन्डिज १५५ रनले पराजित

आइसिसी महिला एक दिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा भारत विजयी भएको छ । 

दोस्रो जित निकाल्ने क्रममा भारतले वेस्ट इन्डिजमाथि १५५ रनको सहज जित हात पारेको हो । 

३१८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १६२ रन मात्र बनाउन सक्योे ।

वेस्ट इन्डिजका लागि डियन्द्र डोटिनले सर्वाधिक ६२ रनको योगदान दिइन् । ४६ बलको सामना गरेकी उनले १० चौका र १ छक्का प्रहार गरिन् ।

हेली म्याथ्युजले ४३, चेडियन नेसनले १९ र शेमेन क्याम्पबेलले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

भारतका लागि स्नेहा राणाले ३, मेघना सिंहले २ तथा पूजा वस्त्राकर,झुलन गोस्वामी र राजेश्वरी गायकवाडले १-१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



यसअघि न्युजिल्यान्डको ह्यामिल्टनस्थित सेडन पार्कमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो ।

भारतका लागि स्मृती मन्धना र हरमनप्रित कौरले शतकीय पारी खेले । ११९ बलको सामना गरेकी मन्धनाले १३ चौका र २ छक्कासहित १२३ रन बनाइन् ।



१०९ जोडेकी कौरले १०७ बललमा १० चौका र २ छक्का प्रहार गरिन् । यास्तिका भाटियाले ३१ र पूजा वस्त्राकरले १० रन बनाए । 

वेस्ट इन्डिजका लागि अनिसा मोहम्मदले २ तथा शमिलिया कोन्नेल, हेली म्याथ्युज, शकिरा सेलमन, डियन्द्र डटिन र आलिया एलिनेले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै भारतले ३ खेलमा ४ अंक जोड्दा पहिलो पराजय बेहोरेको वेस्ट इन्डिजको पनि समान खेलबाट समान अंक छ ।  

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १३:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया