जसपा आफ्नै बलबुतामा चुनाव लड्न तयार हुनुपर्छ : बाबुराम [राजनीतिक प्रतिवेदनसहित]

जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने तयारी गर्नुपर्ने बताएका छन् ।

जसपाको प्रथम संघीय परिषद् बैठकमा छलफलका लागि 'राजनैतिक प्रतिवेदन' को प्रस्तुत गर्दै उनले पार्टीले आफ्नै बलमा चुनाव लडेर जित्ने तयारी गर्नुपर्ने बताएका हुन् । उनले स्थानीय विशेषता र सम्भावनाअनुसार अरू कुनै पक्षसँग चुनावी तालमेल गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने धारणा राखेका थिए ।

'गठबन्धन सरकार चलाउनु र चुनावी गठबन्धन गर्नु भिन्नाभिन्नै राजनीतिक घटना हुन् । कुनै अमुक पार्टीको मात्र प्रयासले चुनावी गठबन्धन गर्न सक्दैन । हाम्रो पार्टीको चाहना र प्रयासले मात्रै ५ दलीय गठबन्धनलाई चुनावसम्म सँगै लान सम्भवन हुँदैन । यसका लागि अरू दलको पनि इच्छा, आवश्यकता र तत्परता हुनुपर्दछ । त्यसैले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्छ' उनले भनेका छन् ।

आगामी चुनावसम्म संघीय र प्रदेशिक गठबन्धन सरकारहरू कायम रहनु पर्छ भन्ने पार्टी प्रष्ट रहेको पनि उनले बताए ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १४:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया