देशभर ५०६२ नमुना परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि
फाइल तस्वीर

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा १९२ जना निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म ९ लाख ६० हजार ८७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५० रहेको मन्त्रालयको भनाइ छ ।

आज देशभर ५ हजार ५० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, १ लाख १ हजार ३०४ जनाले आज कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १६:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया